जीवन बीमा कम्पनीहरुको खुद मुनाफा बढ्याे १५ प्रतिशतले

Nov 19, 2024 11:17 AM MeroLagani



जीवन बीमा कम्पनीहरुले चालु आवको पहिलो त्रैमासमा १५ प्रतिशतले नाफा वृद्धि गरेका छन् । नेप्सेमा सूचीकृत १२ वटा जीवन बीमा कम्पनीहरुले गत आवमा १ अर्ब ५८ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा गरेकोमा चालु आवको पहिलो त्रैमासमा यो १५.१३ प्रतिशतले बढेर १ अर्ब ८२ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।


पहिलो त्रैमासमा सबैभन्दा बढी हिमालयन लाइफ इन्स्योरेनसले २५ करोड ३८ लाख रुपैयाँ मुनाफा गरेका छन् भने गत वर्षको पहिलो त्रैमासभन्दा सबैभन्दा धेरै मुनाफामा बढाउने कम्पनीमा भने सिटिजन लाइफ परेको छ । सिटिजन लाइफले गत आवको पहिलो त्रैमासमा ७ करोड १५ लाख रुपैयाँ खुद मुनाफा गरेकोमा यो बढेर चालु आवको पहिलो त्रैमाससम्म आइपुग्दा १३ करोड ९ लाख रुपैयाँ पुगेकाे छ जुन ८३ दशमलब १६ प्रतिशतको वृद्धि हो । जीवन बीमा कम्पनीमा सबैभन्दा कम लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले ७ करोड ८८ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । कम्पनीले गत आवको सोही अवधिमा ५ करोड ९७ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । गत आवको पहिलो त्रैमासभन्दा कम नाफा गर्ने कम्पनीहरुमा एसियन लाइफ इस्योरेन्स र सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेको छ । एसियन लाइफले गत आवको पहिलो त्रैमासमा १६ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा गरेकोमा चालु आवको पहिलो त्रैमासमा सो नाफा १९.९८ प्रतिशतले घटेर १३ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ । त्यसैगरी सुर्यज्योति लाइफ इन्स्योरेन्सले गत आवको पहिलो तीन महिनामा १३ करोड २१ लाख रुपैयाँ खुद मुनाफा गरेकोमा चालु आवको पहिलो तीन महिनामा १२ दशमलब ६९ प्रतिशतले घटेर ११ करोड ५३ लाख रुपैयाँमा सीमित भएको छ ।

प्रति शेयर आम्दानीमा रिलायवल नेपाल अगाडि

चालु आवको पहिलो त्रैमासिकको वित्तीय विवरणमा उल्लेख भएको प्रति शेयर आम्दानीको आधारमा रिलायवल नेपाल लाइफ इन्स्योरेन्स अगाडि देखिएको छ । कम्पनीले चालु आवमा प्रति शेयर आम्दानी १७.१६ रुपैयाँ छ जबकि गत वर्ष सोही अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १० रुपैयाँ २८ पैसा थियो । गत वर्ष प्रति शेयर आम्दानी सबैभन्दा बढी सन नेपाल लाइफ इन्स्योरेन्सको २०.६४ रुपैयाँ थियो ।

नेटवर्थका आधारमा लाइफ इन्स्योरेन्स कर्पोरेसन अब्बल

नेटवर्थका आधारमा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा अब्बल लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) देखिएको छ । कम्पनीको नेटवर्थ २ सय ४७ रुपैयाँ ७० पैसा रहेको छ । नेटवर्थ आधारमा सबैभन्दा कमजोर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको नेटवर्थ १ सय ९ रुपैयाँ ३३ पैसा मात्रै छ ।

रिजर्भमा पनि लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) अगाडि
१२ वटा जीवन बीमा कम्पनीको रिजर्भमध्ये सबैभन्दा धेरै रिजर्भ लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को छ । कम्पनीको रिजर्भमा ३ अर्ब ९१ करोड ८७ लाख रुपैयाँ छ । चालु आवको पहिलो त्रैमासमा सबैभन्दा धेरै रिजर्भमा रकममा वृद्धि भने हिमालयन लाइफ इन्स्योरेन्सको रहेको छ ।

५ वटा जीवन बीमाको मात्रै पुँजी पुरा

१२ वटा जीवन बीमा कम्पनीमध्ये अहिलेसम्म ७ वटा कम्पनीले बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याएका छैनन । अहिलेसम्म नेपाल लाइफ, हिमालयन लाइफ नेसनल लाइफ, सुर्यज्योति लाइफ र आईएमई लाइफले मात्रै चुक्ता पुँजी पुर्याएका छन् । सानिमा रिलायन्स लाइफ, प्रभु महालक्ष्मी लाइफ, रिलायवल नेपाल लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ, एसियन लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को चुक्ता पुँजी पुगेको छैन ।

 




comments powered by Disqus

मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंक मौन, भएन कुनै नीतिगत परिवर्तन

Nov 29, 2024 10:34 AM

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा राष्ट्र बैंक मौन देखिएको छ। केन्द्रिय बैंकले शुक्रबार सार्वजानिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा कुनै पनि नीतिगत परिवर्तन गरेको छैन।