अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३३.४१ अंक बढेर २७१६.६६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.८५ अंक बढेर २७२१.५२ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७२ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ७९ स्टकको १६६ पटकको कारोबारमा ८५ लाख ८९ हजार ४२६ रुपैयाँ ३० पैसाबराबरको १३ हजार ८७७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४१ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ। बाँकी १० स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।