केन्द्रीय बैंकको कारवाहीमा परेको कम्पनीमा सर्किट, जोखिम कति ?

Nov 27, 2024 05:48 PM Merolagani



पछिल्लो समय शेयर बजारले लय समाउन थालेको छ । पछिल्ला तीन कारोबार दिनदेखि बजार निरन्तर रुपमा बढेको हो ।

शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष चयन भएसँगै बजारको माहोल  सकारात्मक हुन सुरु भएको हो । साथै, नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा गर्दा शेयर कर्जामा जोखिम भार कम हुने, बैंकलाई बजारमा लगानीको लागि बाटो खुल्ला हुने अपेक्षा लगानीकर्ताहरुले गरेका छन्।

यता, समग्र बजार सन्तुलन कायम गर्नको लागि प्रयासरत रहेको छ । तर, बजारमा सट्टेवाजीको शैलीमा कारोबार हुँदा लगानी जोखिम बढेको जानकारहरुकाे बुझाई छ । नराम्रो वित्तीय अवस्था भएकै कारण नेपाल राष्ट्र बैंकले कारावाही गरेको कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा बढेर बन्द भएको छ । यसले दोस्रो बजारमा थप जोखिम बढाएको आम बुझाई  छ ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।