ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत काठमाडौंमा घर जित्ने विजेता घोषणा !

Nov 28, 2024 02:17 PM Merolagani



डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनिट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटलदेश’ अभियान अन्तर्गत अन्जुला घिमिरेले काठमाडौंमा घर जित्न सफल भएकी छन्।

ईसेवा मनि ट्रान्सफर र इसेवाको आधिकारिक फेसबुक पेजसँगै कान्तिपुर टेलिभिजनमार्फत बम्पर उपहार स्वरुप घर जित्न सफल भाग्यशाली विजेताको घोषणा गरिएको थियो।

प्रत्यक्ष प्रसारण मार्फत डिजिटल गोला प्रथाको मध्यमबाट अन्जुला घिमिरेले महालक्ष्मी नगरपालिका ललितपुर वडा नं ३, इमाडोलमा करिब ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर जित्न सफल भए।

विजेता अन्जुला घिमिरेले रोमानियाबाट ईसेवा मनिट्रान्सफरमार्फत इसेवा वालेटमा रेमिट्यान्स पठाएकी थइन।

ईसेवा मनिट्रान्सफरले विदेशबाट आउने रेमिट्यान्सको  वैधानिकता प्रवर्द्धन गर्न र डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्न ‘मेरो डिजिटलदेश’ अभियान सार्वजनिक गरेको हो। यसै अन्तर्गत, २०८० असोज १देखि कात्तिक ३०,२०८१ गते सम्म रेमिट्यान्स पठाउने सहभागी मध्येबाट एकजनालाई बम्पर उपहार स्वरूप काठमाडौंमा घर दिने घोषणा गरेको थियो।

कार्यक्रममा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले डिजिटल रेमिट्यान्सको महत्त्व र यसले राष्ट्रिय अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावबारे चर्चा  गरे ।उनले ‘‘मेरो डिजिटल देश’ अभियानले रेमिट्यान्सलाई वैधानिक बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए।

इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले विजेतालाई बधाईदिँदै भने डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्दै विश्व भररहेका नेपालीहरूलाई अाफ्नो देश र परिवारसँग अझ नजिक बनाउन ‘मेरो डिजिटल देश’ अभियानले महत्वपूर्ण योगदान पुर्याएकोछ। यस अभियानमार्फत,हामीले इसेवाबाट रेमिट्यान्स सेवा सहज, छिटो र विश्वसनीय बनाउँदै विदेशमा रहेका नेपालीहरूको मेहनतको कमाईलाई उनीहरूका प्रियजनहरूसम्म सुरक्षित रूपमा पुर्याउने प्रयास पनि गर्यौं।

सन् २०१९ मा नेपाल राष्ट्रबैंकबाट इजाजतपत्र प्राप्त ईसेवा मनि ट्रान्सफरले परम्परागतशैलीका साथै डिजिटल माध्यमबाट पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेकोछ। इसेवा वालेट,बैंक तथा वित्तीय संस्था र आफ्ना भुक्तानी केन्द्रहरूको माध्यमबाट सेवा दिने यो कम्पनी, एफवानसफ्टग्रुप अन्तर्गतको भगिनीसंस्था हो।

यसले नेपालभर फिनटेकमा आधारित भुक्तानी प्रणालीलाई सशक्त बनाउँदै आएको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।