स्वदेशी उद्योग पूर्ण क्षमतामा चलाउन तयारी वस्तुको आयात बन्द गर्नुपर्छः अध्यक्ष अग्रवाल

Nov 28, 2024 03:29 PM Merolagani



नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले स्वदेशी उद्योगहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न तयारी वस्तुको आयातलाई निरुत्साहित गर्नुपर्ने बताए ।

 

बिहीवार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन । उनले प्याकेजिङ वस्तुहरुको आयातको कारण मुलुकमा उद्योगहरुको क्षमता भन्दा ४० प्रतिशत कम सञ्चालनमा रहेको बताए । उनले मुलुकको अर्थतन्त्रलाई बलियो र दिगो बनाउनको लागि आन्तरिक उत्पादनलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए। उनले आन्तरिक उत्पादन बढाउन स्वदेशमा उत्पादन भएका हुनसक्ने वस्तुहरुको प्रवर्द्धन गर्ने नीतिहरु अवलम्वन गर्नुपर्ने बताए। उनले स्वदेशी उत्पादनले आन्तरिक माग धान्नसक्ने वस्तु आयातलाई निरुत्साहित गर्न आवश्यक रहेको उल्लेख गरे । आन्तरिक माग धान्नसक्ने वस्तु आयातलाई निरुत्साहित गर्दा औद्योगिक विकासलाई बढवा दिने र व्यापार घाटा कम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने उनको भनाई छ । अध्यक्ष अग्रवालले आयात प्रतिस्थापन गर्नसक्ने अन्य उद्योगसँगै प्लाष्ट्रिक उद्योग पनि एक भएकाले संरक्षण गर्न आवश्यक रहेको बताए।

उनले भने,‘मुलुकको अर्थतन्त्रलाई बलियो र दिगो बनाउनको लागि आन्तरिक उत्पादनलाई विशेष ध्यान दिनुपर्छ । आन्तरिक उत्पादन बढाउन स्वदेशमा उत्पादन भएका हुन सक्ने वस्तुहरुको प्रवद्र्धन गर्ने नीतिहरु अवलम्वन गर्नुपर्छ । स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने वस्तु आयातलाई निरुत्साहित गर्नुपर्छ । यसले औद्योगिक विकासलाई बढवा दिने र व्यापार घाटा कम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्छ । आयात प्रतिस्थापन गर्नसक्ने अन्य उद्योगसँगै प्लाष्ट्रिक उद्योग पनि एक हो । स्वदेशी उद्योगहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न तयारी वस्तुको आयातलाई निरुत्साहित गर्नुपर्छ । रोजगारी सिर्जना गर्दै अर्थतन्त्र बलियो बनाउन र परनिर्भता कम गर्छ । सरकारले गर्ने सामान्य नीतिगत सुधारले पनि औद्योगिक उत्पादन वृद्धि हुन्छ । सरकारले नीतिगत सहजिकरण गर्नसके मात्रै पनि धेरै वस्तुहरुमा आत्मनिर्भर बन्नसक्ने अवस्था छ ।’

उनले सरकारले गर्ने सामान्य नीतिगत सुधारले पनि औद्योगिक उत्पादन वृद्धि हुने बताए । उनले सरकारले नीतिगत सहजिकरण गर्नसके मात्रै पनि धेरै वस्तुहरुमा आत्मनिर्भर बन्नसक्ने अवस्था रहेको बताए ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।