कारवाहीमा परेको कर्णाली डेभलपमेन्ट बैंकः हिजाे सर्किट लागेर बढ्याे,आज ‘टप लुजर’ को तेस्रो नम्बरमा

Nov 28, 2024 03:54 PM MeroLagani



खराब कर्जा अत्यधिक बढेपछि राष्ट्र बैंकको कारवाहीमा परेको कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य बिहीबार भने घटेको छ । बिहीबार कम्पनीको शेयर ‘टप लुजर’ को तेस्रो नम्बरमा परेको हो । पछिल्लो समय वित्तीय अवस्था खराब भएका फाइनान्स र डेभलपमेन्ट बैंक समूहका कम्पनीहरुको मात्रै शेयर मूल्य अत्यधिक बढ्ने गरेको छ ।

सोही क्रममा केन्द्रीय बैंकले मंगलबार समस्यामा परेको सूचना सार्वजनिक गर्दै निक्षेप र कर्जा प्रवाहमा रोक लगाएको कर्णाली डेभलपमेन्ट बैंक बुधबार भने सर्किट लागेर बढेको थियो । राष्ट्र बैंकले समस्यामा रहेको सार्वजनिक सूचना प्रकाशित गर्दा पनि सर्किट लागेर बढेपछि सामाजिक सञ्जाललगायत सबैतिर आश्चर्यको रुपमा हेरिएको थियो ।

पछिल्लो समय वित्तीय अवस्था खराब भएका र चुक्ता पुँजी न्यून भएका कम्पनीहरुलाई केही निश्चित समूहले एक आपसमा खरिद बिक्री गरेर उच्च मूल्य कायम गर्ने गरिएको छ । बिहिबार भने कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.८४ प्रतिशत अर्थात ५७.९० रुपैयाँले घट्दा ७ सय ८८ रुपैयाँ अन्तिम मूल्य कायम भएको हो । सर्वाधिक गुमाउँने कम्पनीको सूचीमा कर्णाली डेभलपमेन्ट बैंक परेको छ ।

 




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।