कारवाहीमा परेको कर्णाली डेभलपमेन्ट बैंकः हिजाे सर्किट लागेर बढ्याे,आज ‘टप लुजर’ को तेस्रो नम्बरमा

Nov 28, 2024 03:54 PM MeroLagani



खराब कर्जा अत्यधिक बढेपछि राष्ट्र बैंकको कारवाहीमा परेको कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य बिहीबार भने घटेको छ । बिहीबार कम्पनीको शेयर ‘टप लुजर’ को तेस्रो नम्बरमा परेको हो । पछिल्लो समय वित्तीय अवस्था खराब भएका फाइनान्स र डेभलपमेन्ट बैंक समूहका कम्पनीहरुको मात्रै शेयर मूल्य अत्यधिक बढ्ने गरेको छ ।

सोही क्रममा केन्द्रीय बैंकले मंगलबार समस्यामा परेको सूचना सार्वजनिक गर्दै निक्षेप र कर्जा प्रवाहमा रोक लगाएको कर्णाली डेभलपमेन्ट बैंक बुधबार भने सर्किट लागेर बढेको थियो । राष्ट्र बैंकले समस्यामा रहेको सार्वजनिक सूचना प्रकाशित गर्दा पनि सर्किट लागेर बढेपछि सामाजिक सञ्जाललगायत सबैतिर आश्चर्यको रुपमा हेरिएको थियो ।

पछिल्लो समय वित्तीय अवस्था खराब भएका र चुक्ता पुँजी न्यून भएका कम्पनीहरुलाई केही निश्चित समूहले एक आपसमा खरिद बिक्री गरेर उच्च मूल्य कायम गर्ने गरिएको छ । बिहिबार भने कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.८४ प्रतिशत अर्थात ५७.९० रुपैयाँले घट्दा ७ सय ८८ रुपैयाँ अन्तिम मूल्य कायम भएको हो । सर्वाधिक गुमाउँने कम्पनीको सूचीमा कर्णाली डेभलपमेन्ट बैंक परेको छ ।

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।