मन्त्रिपरिषद्को बैठकले गर्याे दुई बोर्डको अध्यक्षमा ढुङ्गेल र निरौला नियुक्त

Nov 28, 2024 04:18 PM Merolagani



नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुङ्गेल र नेपाल लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौला नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई नियुक्त गरेको हो । अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्षहरुलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बधाइ तथा सफलताको शुभकामना दिए।

सो अवसरमा नवनियुक्त अध्यक्षहरुले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने बताएका छन् ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।