प्रि ओपन सेसन अपडेटः १ अंकभन्दा बढी घट्यो नेप्से

Dec 09, 2024 10:53 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकभन्दा बढी घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ४५.९३ अंक घटेर २६८९.०० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.२५ अंक घटेर २६८७.७४ विन्दुमा झरेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४० अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ४४ स्टकको ८७ पटकको कारोबारमा ४२ लाख १६ हजार ९ रुपैयाँबराबरको ४ हजार ६४४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १५ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।