सोमवार बिर्तामोडमा नेकपा एमाले झापा जिल्ला कमिटीद्वाार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले ४-५ वर्ष अगाडिदेखि कम्बोडियामा केपी ओलीको ३२.५ अर्ब रुपैयाँ छ भनेर भ्रम फैल्याइएको बताए । व्यवसायी दुर्गा प्रसाईंप्रति लक्षित गर्दै नक्कली चिर्कटो बनाएर आफूलाई बद्नाम गरेको बताए । उनले नक्कली चिर्कटो बनाउन एक करोड, ११ लाख तिरेको कुरा प्रसाईं स्वयंले स्वीकारेको पनि बताए । उनले आफ्नो विभिन्न देशका बैंकमा पैसा राखेको भ्रम फिँजाउनेहरुलाई समातेर पुष्टि गर भन्दा बद्नामको लागि बोलेको स्वीकार गर्ने गरेको बताए । उनले आफू सच्चाई र इमान्दारितामा अडिग रहेको भन्दै भित्रैबाट इमान्दार अभ्यास गर्नुपर्ने बताए ।
उनले भने, ‘४-५ वर्ष अगाडिदेखि कम्बोडियामा केपी ओलीको ३२.५ अर्ब रुपैयाँ छ भनेर हल्ला चलेको छ । अहिले त्यो एउटा नक्कली चिर्कटो पनि निकालेछ । त्यो नक्कली चिर्कटो एक करोड, ११ लाख तिरेर बल्ल पाएको भनेर कराउनेहरु पनि छन् । यस्ता खालका मानिसहरु पनि छन् । कहाँको बैंकमा कति लाख डलर, कति मिलियन डलर केपी ओलीको बैंक खातामा छ भनेर हल्ला गर्नेहरु पनि देखिन्छन् । तिनीहरुलाई समातेर कहाँ छ ल पुष्टि गर त बैंकलाई भन्यो भने होइन, मैले केपी ओलीलाई बद्नाम गर्न पो भनेको हो, हावा कुरा हो त्यो भन्छन् । हामी सच्चाईमा अडिग छौँ । इमान्दारिता थोपरेर होइन, आफू भित्रबाट आउनुपर्छ । भित्रबाट इमान्दार आचरण गर्नुपर्छ । भित्रबाट इमान्दार अभ्यास गर्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले अब एउटा व्यक्तिलाई अनैतिकृत ढंगले कुर्सीमा बसाइदिएर जनता फेरि रैति हुन नसक्ने बताए ।