कम्पनीले आगामी जनवरीदेखि कारको मूल्य करिब ४ प्रतिशतले बढाइने जनाएको छ ।
किन बढ्दैछ मूल्य?
मारुती सुजुकीले एक प्रेस विज्ञप्ति जारी गर्दै बढ्दो इनपुट लागत, विनिमय दर र बढ्दो लजिस्टिक खर्चका कारण कम्पनीले कारको मूल्य बढाउन बाध्य भएको बताएकाे छ। कम्पनीले यी थप खर्च वहन गर्ने प्रयास अपर्याप्त देखिएपछि यो निर्णय गरेको समेत जानकारी दिएकाे छ ।
कुन-कुन गाडीको मूल्य बढ्दैछ?
उक्त प्रेस विज्ञप्तिमा कम्पनीले जनवरी १ बाट हुन्डाईका सबै मोडलको मूल्य बढाउने जनाएको छ । मूल्य वृद्धि भने फरक -फरक मोडलहरूमा निर्भर हुनेछ। तर, यो वृद्धि कारको एक्स-शोरुम मूल्यमा लागू हुनेछ। यद्यपी, कुन-कुन गाडीमा कति वृद्धि हुने भन्ने बारेमा भने खुलाइएको छैन ।
मारुती सुजुकीले हालै आफ्नो चर्चित सेडान कार डिजायरको नयाँ चौथो पुस्ताको मोडल भारतीय बजारमा लन्च गरेको छ । यसको प्रारम्भिक मूल्य ६.७९ लाख भारतीय रूपैयाँ ताेकिएकाे छ ।
यसका साथै, कम्पनीले अर्को वर्ष आफ्नो पहिलो विद्युतीय कार पनि बजारमा ल्याउने तयारी गरेको छ । जुन १७ जनवरीबाट सुरु हुने भारत मोबिलिटी ग्लोबल एक्सपोमा विश्वसामु प्रस्तुत हुनेछ ।
हुण्डाईका कार पनि महँगो हुने
गत बिहीबार, हुण्डाई मोटर इन्डियाले २०२५काे जनवरी १देखि आफ्ना गाडीको मूल्य बढाउने घोषणा गरेको थियो। कम्पनीले दिएको जानकारी अनुसार हुन्डाईका कारको मूल्य करिब २५ हजार भारतीय रुपैयाँले बढाइनेछ । कारको बढ्दो लागतका कारण यस्तो निर्णय गरिएको कम्पनीले जनाएकाे छ ।
एजेन्सी ।