प्रि ओपन सेसन अपडेटः साढे १ अंक बढ्यो नेप्से

Dec 11, 2024 10:53 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ६.३२ अंक घटेर २६६९.८२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.५३ अंक बढेर २६७१.३६ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५५ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ४२ स्टकको ८९ पटकको कारोबारमा १ करोड ९ लाख ९४ हजार ५९० रुपैयाँ ४० पैसाबराबरको १७ हजार ३६७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




सेयर बजारमा १० लाखको कारोबारदेखि ग्राहकको वास्तविक धनीसम्म निगरानी, सेबोनको नयाँ निर्देशन लागू

Oct 16, 2026 05:35 PM

सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमनको दायरा थप कसिलो बनाएको छ।