आईफोन १७ एयरमा पाइनेछ ४८ एमपीको क्यामरा, लिक भयो यस्ताे जानकारी

Dec 11, 2024 01:37 PM Merolagani



आईफोनको पछिल्लाे सिरिजमा कैयौं परिवर्तन देख्न पाइने भएको छ । अपकमिङ आईफोन एसइमा अब फेस आईडीको सुविधा पाउन सकिने भएको छ ।

यसैगरी, आईफोन १७ रेञ्जमा कम्पनीले एउटा पातलो फोन सार्वजनिक गर्न सक्छ । यसको नाम आईफोन १७ एयर हुन सक्छ ।

हालसालै, प्रकाशित एक रिपोर्टमा यस फोनसँग सम्बन्धित केहि विशेष जानकारी खुलेको छ । नयाँ मोडल करिब २५ प्रतिशत पातलो हुने बताइएकाे छ । यो फोन प्रो भेरियन्टभन्दा पनि पातलो हुनेछ ।

प्रो मोडल मात्र नभएर यो स्टयाण्डर्ड मोडलभन्दा धेरै हदसम्म पातलो हुनेछ । यो फोन कम्पनीकै उत्पादित सबैभन्दा पातलो फोनमध्येको एक हुन सक्छ ।

एक रियर क्यामरा पाइने

कम्पनीले यस फोनमा एक रियर क्यामरा मात्र दिने सम्भावना रहेको छ। आईफोन एसईलाई लिएर पनि यस्तै जानकारी खुलेको छ ।

४८ एमपीको क्यामराको सुविधा

कम्पनीले आउँदो वर्षको पहिलो त्रैमासमा ४८ एमपी क्यामरा रहेको सस्तो आईफोन सार्वजनिक गर्न सक्छ । यो फोन आईफोन एसइ हुन सक्छ ।

डिटेल्स पनि उस्तै

आईफोन एसई र आईफोन १७ एयरको डिजाइन र लीक जानकारीहरु एक आपसमा धेरै हदसम्म मिल्दोजुल्दो छ । यद्यपी, यी दुबैको मूल्यमा ठुलो अन्तर हुनेछ ।

महंगो मूल्यमा थोरै फिचर ?

रिपोर्ट्सका अनुसार कम्पनी प्लस मोडलको साटो आईफोन १७ एयर सार्वजनिक गर्दैछ । यस्तो अवस्थामा, यो फोन आईफोन १७ भन्दा महंगो हुनेछ ।

२०२५मा सावर्जनिक हुँदैछ आईफोन एसइ

यसैगरी, आईफोन एसई ४ को मूल्य ५०० डलरकाे हाराहारी हुनेछ । यदि, आईफोन १७ एयर महंगो भएमा सिंगल क्यामरा पाउनु एक ठुलो कमजोरी हुन सक्छ ।

एजेन्सी ।




comments powered by Disqus