प्रि ओपन सेसन अपडेटः साढे १४ अंक बढ्यो नेप्से

Dec 12, 2024 10:53 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १४ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ४५.८८ अंक बढेर २७१५.७१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १४.५१ अंक बढेर २७३०.२३ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३.८१ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ६२ स्टकको ९२ पटकको कारोबारमा २२ लाख ८१ हजार ४३१ रुपैयाँ २० पैसाबराबरको ३ हजार ७७५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४१ स्टकको मूल्य बढेको छ भने १९ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।