विराटनगरसँगको फराकिलो हारले चितवनको प्लेअफ यात्रा चुनौतिपूर्ण

Dec 13, 2024 04:51 PM mero lagani



नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको दोस्रो खेलमा विराटनगरले चितवनलाई ५१ रनले पराजित गर्दै एनपीएलमा दोस्रो जित हासिल गरेको छ । विराटनगरले दिएको १८२ रनको  लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन मात्र बनाउन सक्यो।

 

अमर राउटेलाले सर्वाधिक ४२ रन बनाए पनि अन्य ब्याटरले राम्रो रन बनाउन नसक्दा चितवन तेस्रो पराजय भोग्न बाध्य भयो। सन्तोष कार्की २८ रन, कुशल मल्ल २५ रन र रवि बोपारा २० रन बनाए ।

विराटनगरका लागि सन्दीप लामिछानेले २ तथा क्रिस सोल, बसिर अहमद, सुवास भण्डारी र लोकेश बलमे समान एक विकेट आफ्नो नाममा पारे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८१ रनको योगफल तयार पारेको थियो।

बसिर अहमद ६८ र राजेश पुलामी ३३ रनमा अविजित रहे। विराटनगरका ओपनर मार्टिल गप्टील ४५ रन, निकोलस किर्तोन ८ रन, दिपक बोहोरा ४ रन र लोकेश बम शुन्य रनमा आउट भएका थिए ।

विराटनगर किंग्सको दोस्रो जितले चितवन राइनोजको प्लेअफ यात्रामा गम्भिर चुनौती थपिएको छ ।

शीर्ष चारको दौडबाट लगभग बाहिरिसकेको विराटनगरले आफ्नो छैटौँ खेलमा दोस्रो जित निकाल्दै चार अंक बनाएको छ।

अब विराटनगरले लिग चरणको आफ्नो अन्तिम खेलमा काठमाण्डु गुर्खाजसँग खेल्दैछ।

सो खेल जिते पनि विराटनगर शीर्ष चारमा पुग्न निकै कठिन हुनेछ । त्यसको लागि उसले काठमाण्डौलाई ठूलो अन्तरले हराउनु पर्नेछ भने काठमाडौं र पोखराको अन्य खेलको नतिजा पनि महत्वपूर्ण हुनेछ। काठमाडौं र पोखरा सँगै चितवनको खेलको नतिजा र नेट रनरेट पनि विराटनगरका लागि उत्तिकै आवश्यक छ।

यता विराटनगरसँगको हारले चितवनको प्लेअफ यात्रामा भने धक्का पुगेको छ। चितवनले लिगको आफ्नो अन्तिम खेलमा भोलि शनिबार जनकपुर बोल्ट्सविरुद्ध खेल्दैछ। जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ। एनपीएलमा उपाधि दाबेदार टोलीको रुपमा रहेको बलियो जनकपुरलाई हराउन चितवनलाई सहज हुनेछैन ।

एनपीएलको ६ खेलमा ३ खेलमा जित र ३ खेलमा नै हार भोगेको चितवन ६ अंकमा तालिकाको चौथो स्थानमा यथावत छ। चितवनले अन्तिम खेल पनि हारे काठमाण्डौ, पोखरा र कर्णालीको नतिजाले असर गर्नेछ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।