सिजी मोटर्सले याे कार जनवरी अन्तिमबाट बिक्री गर्ने योजना लिएकाे छ। यसअघि, सिजी मोटर्समा नाडा अटो शो २०२४ मा लेफ्ट ह्याण्ड ड्राइभ मोडल ल्याएर देखाएको थियाे ।
यस कारमा ६२ र ७५ किलोवाट आवरको दुई ब्याट्री विकल्प पाउन सकिनेछ । जीएसीको आयन भीमा २३ किसिमका टेक्नोलोजी फिचर र ८ किसिमका कोर यूजर भ्यालू पाउन सकिन्छ । यस कारमा सेल्फ इभल्भीङ एआई ककपीट, एडीगो सेन्स, एआई मोडल प्रयोग गरिएको छ ।
कम्पनीका अनुसार ४०० भोल्ट आर्किटेक्चरमा आयन-भी मोडल उत्पादन गरिएकाे थियाे । यद्धपी, यस गाडीमा अहिले ६० प्रतिशत चार्जिङ टाइम कटौती गरिएको छ । यस कारमा सिएटीएलको ब्याट्री प्रयोग गरिएको छ । उक्त ब्याट्रिलाई १५ मिनेट चार्ज गर्दा ३७० किलोमिटर गुडाउन सकिन्छ ।
यसैगरी, आयन भी मोडलमा रहेकाे ७५ किलोवाट आवर क्षमताको ब्याट्रीले एकपटक चार्ज गर्दा ६५० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएकाे छ । यसको रियल वर्ल्ड रेन्ज ५३० किमी हाराहारी हुने अनुमान गर्न सकिन्छ ।
त्यस्तै, १०० किलोवाट क्षमताको मोटरका साथ आउने यस कारकाे लम्बाई ४६०५ एमएम छ भने ह्वीलवेस २७७५ एमएम लामो पाउन सकिनेछ ।
आयन भीको मूल्य ६५ देखि ७० लाख रूपैयाँसम्म पर्ने कम्पनीकाे भनाइ छ । कम्पनीका अनुसार यी गाडीलाई ५० हजार रुपैयाँ तिरेर बुकिङ गर्न सकिनेछ ।