लगानी रणनीति परिवर्तन गर्ने समय आएकै हो ?

Dec 18, 2024 05:29 PM Merolagani



पछिल्ला कारोबार दिनमा बजारले निरन्तर रुपमा ओरालो गति समाएको छ । यो अवस्थामा लगानीकर्तालाई बजार झट्टै बढ्नेछ भन्ने नै लाग्न छोडेको छ ।

बुधबार बजार ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा झरेको छ । बजारमा खासै रौनकता छैन । सूचकसँगै कारोबार रकममा आएकाे सुस्तको अवस्थामा लगानीकर्ताहरुले लगानी सम्बन्धी रणनीतिलाई परिवर्तन गर्नुपर्ने अवस्था देखिएकाेछ ।

बजारले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता र घट्दोक्रमको ब्याजदरलाई समेत कुनै प्रतिकृया दिएको छैन । बजारको करेक्सन तथा साइडवेज यो चरण कति लगाउने हो भन्ने यकिन छैन । यद्यपि बजारमा लगानीकर्ताको घट्दो मनोबललाई उच्च पार्नका लागि सरोकारवाला निकायले सुधारका गतिविधी बढाउनु पर्ने देखिन्छ ।




comments powered by Disqus