'बजारबाट छिट्टो भन्दा पनि दीर्घकालीन लाभको सोच बनाएर लगानी गर्नु उपयुक्त'

Dec 19, 2024 06:31 PM Merolagani



पछिल्ला केहि कारोबार दिनदेखि बजार निरन्तर रुपमा घटेको छ । बिहीबारको बजारले पनि त्यसलाई निरन्तरता दिएको छ । बिहीबार बजार २६ सयको मनोवैज्ञानिक विन्दुभन्दा तल्लो विन्दु तर्फ मोडिदै गरेको छ ।

आजको बजार ३१.४३ अंकले घटेर २५९६.८२ विन्दुमा झरेको छ । निरन्तर बजार घट्दा आम लगानीकर्ता भने त्रसित भएका छन् । अहिलेको बजारलाई सकारात्मक तर्फ उन्मुख बनाउनको लागि सरकारले नीतिगतरुपमा सर्पोट गर्नु पर्ने लगानीकर्ताको जोड रहेको छ ।

समग्रमा हेर्दा बजार नकारात्मक छैन । यद्यपि बजारमा सकारात्मक माहाैला पनि बन्न नसक्दा लगानीकर्ताको विश्वास झन् झन् डग्मगाउन थालेको हो । यस्तो अवस्थामा लगानीकर्ताले अल्पकालीन भन्दा पनि दीर्घकालीन रणनीति अपनाउनु पर्नेमा गरिमा क्यापिटलका चिफ अपरेटिङ अफिसर अशोक सुवेदीकाे जाेड छ  ।




comments powered by Disqus