यस दिन भएको खेलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिगको पहिलो सिजनको विजेता बनेको हो। सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ्गमा उत्रिएको जनकपुरले ४ बल बाँकी हुँदा सो लक्ष्य भेट्टाएको हो।
यी दुई टोलीबीच यस अघि भएको दुबै खेलमा जनकपुरलाई सुदूरपश्चिमले पराजित गरेको थियो।