पिपुल्स हाइड्रोपावरको हकप्रद संशोधन

Dec 22, 2024 12:46 PM Merolagani



पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड (PHCL) ले हकप्रद शेयर संशोधन गरेको छ। कम्पनीले १६ औँ वार्षिक साधारण सभाले पारित गरेको हकप्रद शेयर संशोधन गरेको हो।

कम्पनीको १६ औँ वार्षिक साधारण सभाले चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो। सोही निर्णयलाई संशोधन गर्दै कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो। कम्पनीले सो हकप्रद शेयर १७ औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात निष्काशन गर्नेछ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।