पिपुल्स हाइड्रोपावरको हकप्रद संशोधन

Dec 22, 2024 12:46 PM Merolagani



पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड (PHCL) ले हकप्रद शेयर संशोधन गरेको छ। कम्पनीले १६ औँ वार्षिक साधारण सभाले पारित गरेको हकप्रद शेयर संशोधन गरेको हो।

कम्पनीको १६ औँ वार्षिक साधारण सभाले चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो। सोही निर्णयलाई संशोधन गर्दै कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो। कम्पनीले सो हकप्रद शेयर १७ औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात निष्काशन गर्नेछ।