साना तथा मझौला संगठित संस्थाकाे धिताेपत्र निष्कासन तथा काराेबार नियमावली, २०८१ बनाउन नेपाल धिताेपत्र बाेर्डलाई स्वीकृति दिने मन्त्रिपरिषद्को बैठकले गरेकाे शेयर बजार सम्बन्धी पहिलाे निर्णय गरेकाे हाे ।
त्यसैगरी, धिताेपत्र बजार सन्चालनकाे लागि अनुमितपत्र प्रदान गर्ने सम्बन्धमा गठित अध्ययन समितिकाे प्राप्त प्रतिवेदन अर्थमन्त्रालय पठाउने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेकाे छ ।