रहेनन बालगायक सचिन परियार

Jan 02, 2025 01:14 PM Merolagani



बाल गायक सचिन परियारको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि बुधवार महाराजगञ्ज टिचिङ अस्पतालमा भर्ना भएका परियारको बिहीबार बिहान निधन भएको हो ।

सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै आर्थिक सहयोगको माग समेत गरिएकाे थियो । बालगायकका रुपमा परिचित सचिनले गाएका गीतहरू समाजिक सञ्जाल भाइरल छन् ।

उनले महानायक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन । साथै हाँस्य टेलीश्रृँखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए । उनले ‘रातो रबर एक’, रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायतका लोक गितहरु गाएका छन् ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।