रहेनन बालगायक सचिन परियार

Jan 02, 2025 01:14 PM Merolagani



बाल गायक सचिन परियारको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि बुधवार महाराजगञ्ज टिचिङ अस्पतालमा भर्ना भएका परियारको बिहीबार बिहान निधन भएको हो ।

सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै आर्थिक सहयोगको माग समेत गरिएकाे थियो । बालगायकका रुपमा परिचित सचिनले गाएका गीतहरू समाजिक सञ्जाल भाइरल छन् ।

उनले महानायक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन । साथै हाँस्य टेलीश्रृँखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए । उनले ‘रातो रबर एक’, रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायतका लोक गितहरु गाएका छन् ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।