लोकसेवा आयोगले प्राधिकरणको लागि नयाँ दरबन्दी स्वीकृत गरेसँगै रिक्त रहेका दरवन्दी परिपूर्ति गर्ने प्रकृया शुरु गर्न लागिएको हो ।
लोकसेवाबाट सहमति प्राप्त गरे लगत्तै प्राधिकरणले रिक्त कार्यकारी निर्देशक,निर्देशक,उप निर्देशक, सहायक निर्देशक र सुब्बा समेत २० पदहरुमा पदपूर्ति गर्ने निर्णय गरेको हो । ती मध्ये धेरैको चासो कार्यकारी निर्देशक को नियुक्त हुन्छ भन्ने छ । किनकी प्राधिकरणमा कर्मचारीतर्फको सवैभन्दा उच्च पद कार्यकारी निर्देशक हो ।
गत बैशाखमा राजुरमण पौडेलले अवकाश पाएपछि रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशकमा एक जना नियुक्त हुनेछन् । बीमा प्राधिकरणमा निर्देशकहरु कमल रेग्मी, सुशील सुवेदी र पुजन ढुंगेल तीनजना कार्यकारी निर्देशकका दावेदार हुन् । आन्तरिक प्रतिस्पर्धा भनिए पनि नियुक्तिमा अर्थमन्त्री विष्णु पौडेलले रुचाएका व्यक्ति नै कार्यकारी निर्देशक नियुक्त हुने निश्चित छ । त्यहीकारण अहिले दावेदार तीनै जना अर्थमन्त्री पौडेल र उनको नजिक रहेका प्राधिकरणका निमित्त अध्यक्ष मदन दाहाललाई रिझाउन दौडधुप थालेका छन् ।
केही दिन अघि तत्कालिन अध्यक्ष सूर्य सिलवाल विरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्धा दायर गरेपछि अर्थमन्त्रालयले सहसचिव दाहालले निमित्त अध्यक्षको रुपमा खटाएको छ । ‘सोझो प्रकृयासंगत रुपमै टुंगिन्छ भन्ने भएको भए चुप लागेर बसे पनि हुने थियो, जुनसुकै व्यवस्था आए पनि भनसुन र चाकरी प्रथा गएन, त्यसैले आफैले सकेजति भनसुन त गर्नै पर्यो’ दावेदार ३ जनामध्ये एक जनाले मेरो लगानीसंग भने ।