एउटै कम्पनीको आईपीओमा अमिताभ बच्चनदेखि सारा अली खानसम्मको लगानी, आईपीओमा किन आकर्षित हुँदैछ वलिउड ?

Jan 09, 2025 05:50 PM mero lagani



धेरैलाई लाग्छ इनिशियल पब्लिक अफिरिङ (आईपीओ) प्रति शेयर बजारका नवप्रवेशी र साना लगानीकर्ताहरु बढी आकर्षित हुन्छन् । ‘सेलिब्रेटीहरु’ र ठूला लगानीकर्ताहरु दोस्रो बजारमा मात्र लगानी गर्छन् । 

वास्तविकता भने फरक छ । आईपीओ प्रति केवल साना र शिकारु लगानीकर्ता मात्र होइन, ठूला र ‘सेलिब्रेटीहरु’ पनि उत्तिकै आकर्षित हुन्छन् । अहिले भारतमा खुलेको एउटा आईपीओ त ‘बलिउड मेला’ जस्तै भएको छ,जहाँ अमिताभ बच्चनदेखि सारा अलि खान जस्ता चर्चित नायक नायिकाले लाखौं कित्ता आईपीओ पारेका छन् ।

घर जग्गा सम्वन्धि काम गर्ने लोटस डेपलर्पस एण्ड रियलिटी लिमिटेडले ७ अर्ब ९२ करोड भारतीय रुपैंया बराबरको प्राथमिक शेयर निस्काशनको लागि गत २४ डिसेम्बरमा शेयर बाँडफाँड गरेको थियो । त्यसमा ‘किङ खान’ अर्थात शाहारुख खानले ६ लाख ७५ हजार कित्ता शेयर पाएका छन् । त्यस्तै शताब्दीका महानायक मानिने अमिताभ बच्चनलाई ६ लाख ६६ हजार ७७० कित्ता शेयर परेको छ भने त्यस्तै ऋतिक रोशनलाई ७० हजार, टाइगर श्राफलाई ३३ हजार ३०० कित्ता शेयर परेको छ ।

हजारौं कित्ता शेयर पर्ने मात्र होइन, उक्त कम्पनीको आईपीओ भरेका केही चलचित्रकर्मीलाई निकै थोरै शेयर पनि परेको छ । त्यस्ता चलचित्रकर्मीहरुमा नायिका सारा अलि खान, नायकहरु अजय देवगन,राजकुमार राव,ऋतिक रोसन र उनका पिता राकेश रोसन, जितेन्द्र र टेलिभिजन ‘क्विन’ मानिने उनकी छोरी एकता कपुर तथा छोरा तुषार कपुर, चलचित्र निर्माता साजिद नाडियावाललगायतका रहेका छन् । कम्पनीले उनीहरुले पाएको शेयरको संख्या भने उल्लेख गरेको छैन ।

आर्थिक पत्रिका इकोनोमिक टाइम्सले उनीहरुको भागमा परेको शेयर संख्या थोरै हुनुको साथै आफूहरुको लगानीको बारेमा ‘एक्सपोज’ नगरिदिन अनुरोध गरेकोले गोप्य राखिएको दावी गरेको छ। ‘आईपीओमा बलिउडका निर्देशक, निर्मातादेखि प्रतिष्ठित हिरो हिरोइन आकर्षित हुनुले शेयर बजार लगानीको लागि भरपर्दाे वैकल्पिक क्षेत्र हो भन्ने स्पष्ट हुन्छ’ भारतीय संचारमाध्यमहरुले लेखेका छन् ।

आईपीओ र समग्र शेयर बजार पनि अब बलिउड जस्तै ग्ल्यामरस बनिसकेको छ । बलिउडको बरु भर नहोला, लगानी र आम्दानीको लागि शेयर बजार भरपर्दाे क्षेत्र हो भन्ने कुरामा विवाद छैन ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।