सातामा करिब २ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Jan 11, 2025 07:10 AM Merolagani



यस साता नेप्से परिसूचक करिब २ प्रतिशत बढेर बन्द भएको छ। गत साता २५८६.२३ विन्दुमा बन्द भएको नेप्से, यस साता १.८९ प्रतिशत अर्थात ४८.८६ अंक बढेर २६३५.०९ विन्दुमा पुगेको छ।

यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन नेप्से घटेको थियो। यस साताको अन्तिम कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।

 

यस साता सेन्सेटिभ इण्डेक्स ४.९८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८२ अंक बढेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ८४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ६ अर्ब ५ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २५.१२ प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या २४.५० प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या २०.८५ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण १.८९ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४२ खर्ब ८९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ८१ अर्ब रुपैयाँ बढेर ४३ खर्ब ७० अर्ब पुगेको छ।

१३ उपसमूहमध्ये यस साता १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.५७ प्रतिशत बढेको छ। गत साता ३४८०.६३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १९३.९९ अंक बढेर ३६७४.६२ विन्दुमा पुगेको छ। त्यस्तै, यस साता होटल तथा पर्यटन र वित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३१९.४६ अंक बढेको छ।

यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ०.३८ प्रतिशत घटेको छ। त्यसैगरी, अंकका आधारमा भने यस साता व्यापार उपसमूहको परिसूचक ५.४० अंक घटेको छ।

यस साता मुक्तिनाथ म्युचुअल फण्ड १ को १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत भएको छ।

यस साता न्यादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ३९.३९ प्रतिशत बढेको छ। त्यस्तै, यस साता सिन्धु विकास बैंकको शेयरमूल्य साढे ३५ प्रतिशतभन्दा बढी बढेको छ भने अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे २३ प्रतिशत बढेको छ। कारोबारमा आएको सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ११.९५ प्रतिशत घटेको छ भने उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे १० प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावटदर भने १० प्रतिशतभन्दा कम रहेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता विजय लघुवित्त वित्तीय संस्था, नेशनल लघुवित्त वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने युनिलिभर नेपाल, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।