आशिका तामाङ पक्राउ

Jan 15, 2025 02:51 PM Merolagani



आफूलाई अभियन्ता भन्ने आशिका तामाङ पक्राउ परेकी छिन् । महानगरीय प्रहरी वृत्त गौशालाले अभद्र व्यवहारको निवेदनका आधारमा तामाङलाई पक्राउ गरेकाे हो ।

केही समय अघि,उनले सामाजिक सञ्जालमा आफूलाई पक्राउ गर्न प्रहरी आएको भिडियो राखेकी थिइन् । त्यसपछि भने उनी प्रहरीसँगै प्रहरी वृत्त गौशाला गएकी थिइन्।

पछिल्लो समय आशिकाले नेपालमा चर्चा बटुलिरहेकी छिन् । नेपालमा चौतर्फी बेतिथि रहेको र त्यो बेतिथिको भण्डाफोर गर्न भन्दै आशिका जर्मनीबाट नेपाल आएकी थिइन् । तामाङसहित उनको टिमले सार्वजनिक निकायमा भइरहेका बेतिथि र महंगीबारे प्रश्न उठाउँदै आएका थिए ।

केही दिन अघि मात्र अधिकार सम्मन्न वाग्मती सभ्यता एकीकृत विकास समितिमा उनी पुगेकी थिइन्। साेही क्रममा त्यहाँका कर्मचारी र तामाङबीच वादविवाद भएको थियो । उक्त भिडियाेले सामाजिक संजाल समेत तातेकाे थियाे ।

तामाङकाे समुहले ‘राष्ट्रिय सचेत नागरिक अभियान’ नामक संस्था बनाएर ७७ जिल्लामा भइरहेका बेतिथिको भण्डाफोर गर्ने भन्दै सार्वजनिक आह्वान समेत गरेको थियाे । यसैबीच, बुधबार प्रहरीले तामाङलाई नियन्त्रणमा लिएकाे हो ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।