शुक्रकीट दान गरेर ३२ वर्षमै काइल १०० सन्तानको बुवा बने, २०२६ सम्ममा हरेक देशमा बच्चा बनाउने लक्ष्य

Jan 16, 2025 10:55 AM Merolagani



अमेरिकाका ३२ वर्षीय काइल गोर्डी हालसम्म १०० सन्तानका पिता बनिसकेका छन्। यो सुन्दा अलिक अनौठो लाग्न सक्छ तर यो सत्य हो। यस्ताे कसरी भयो ? हामीमध्ये धेरैलाई यस्ताे जिज्ञासा हुन सक्छ ।वास्तवमा, यसको कथा अर्कै छ। 

काइल गर्डी विश्वकै सबैभन्दा प्रसिद्ध शुक्राणु दाता अथवा स्पर्म डाेनर हुन्। हालसम्म उनी विश्वभर ८७ बच्चाहरूको जैविक पिता बनिसकेका छन् । 

यसैगरी, २०२५ को सुरुवातमा उनले आफ्नो परिवार अझै ठूलो हुन गइरहेकाे थाहा पाए। किनकी, अब उनी १०० सन्तानको बुवा बन्ने बाटोमा छन्। आउँदा महिनाहरूमा, अमेरिकाको क्यालिफोर्नियाका काइलका छोराछोरीको संख्या १०० पुग्ने अपेक्षा गरिएको छ ।

हालसम्म, यो रेकर्ड अन्य तीन जना पुरुषहरूले मात्र हासिल गरेका छन्। तर, यो ऐतिहासिक कोसेढुङ्गामा पुगेपछि पनि, काइलले शुक्रकीट दान गर्न रोक्ने कुनै साेंच बनाएका छैनन्।

बुवा बन्दा पाउँछन् खुशी

काइलले धेरै बच्चाहरूको बुवा बन्नु एक अद्भुत अनुभव रहेकाे बताएका छन्। "सन्तान जन्माउन सम्भव नभएकाे साेच्ने ती महिलाहरूलाई मैले मद्दत गरेको छु । यसमा म खुशी छु। तर, म अझै पनि विश्वको जनसंख्यामा कुनै ठूलो प्रभाव पार्नबाट धेरै पर छु र त्यसैले, म भर्खरै सुरु गर्दैछु। उनले थप भने," इमान्दारीपूर्वक भन्नुपर्दा, मेरो बच्चाहरूकोलागि कुनै निश्चित संख्याकाे लक्ष्य छैन। मलाई लाग्छ जबसम्म महिलाहरूलाई मेरो आवश्यकता पर्छ तबसम्म म बच्चाहरूको बुबा बनिरहनेछु।"

नि:शुल्क सेवा दिँदै काइल

काइलले "बी प्रेग्नेन्ट नाव" वेबसाइट मार्फत् नि:शुल्क आफ्नो सेवाहरू प्रदान गर्छन् । उनी हाल इङ्गल्याण्ड, स्कटल्याण्ड, स्वीडेन र नर्वे गरी १४ सन्तानहरूका पिता बन्दैछन्। इन्स्टाग्राममा उनका ३,००० भन्दा बढी फलोअर्स छन् र उनले महिलाहरूलाई आफ्नो सेवाको लागि सम्पर्क गर्न आमन्त्रित गर्छन्।

"९० डे फियान्से" देखि विश्वव्यापी यात्रा सम्म

काइल लोकप्रिय कार्यक्रम "९० डे फियान्से"मा पनि देखा परिसकेका छन् । काइल अहिले आफ्नो अनौठो सेवाहरू प्रदान गर्दै विश्वभर घुमिरहेका छन्। यद्यपी, उनको व्यक्तिगत जीवन स्थिर थिएन। कार्यक्रममा अनिक्का फिलिपसँगको उनको आठ महिनाको प्रेम यात्रा पनि समाप्त भयो।

अन्तरराष्ट्रिय संचारमाध्यमका अनुसार काइलले यस वर्ष विश्वभरका केही ठाउँहरूमा यात्रा गर्ने जानकारी दिएका छन्। उनले भने,"म जापान र आयरल्याण्डका केही महिलाहरूसँग कुरा गर्दैछु । यी दुई देशहरूमा मैले अहिलेसम्म शुक्रकीट दान गरेको छैन। यसबाहेक, बेलायत, अमेरिका र युरोपका अन्य देशहरूको लागि पनि योजनाहरू छन्।"


आयरल्याण्डसँग विशेष लगाव

काइलकाे माेह आयरल्याण्डको लागि पनि उत्तिकै छ । उनले आफूलाई आइरिस श्रीमती बनाउनुमा कुनै आपत्ति नरहेकाे जिकिर गरेका छन्। "म आयरल्याण्डमा स्थायी रूपमा बसोबास गर्ने बारेमा सोच्न सक्छु। म धेरै पटक आयरल्याण्ड गएको छु र त्यहाँको अनुभव मलाई साँच्चै मन पर्यो। यद्यपि, शुक्राणु दानको लागि त्यहाँ जाने काम अझै भएको छैन," उनले थपे ।

२०२६ सम्ममा प्रत्येक देशमा एउटा बच्चा हुने

सम्भवतः उनी जापान, आयरल्याण्ड र कोरियाका बच्चाहरूको बुवा  यहिँ वर्ष बन्न सक्षम हुने पनि उनले जानकारी दिए । "सायद २०२६ सम्ममा मेरो हरेक देशमा बच्चा हुने," उनले बताए ।

एजेन्सी ।




comments powered by Disqus

संस्थापक शेयर खरिद गर्न स्वीकृति दिनेलगायतका १८ निर्णय गर्याे मन्त्रिपरिषद् बैठकले

Feb 04, 2025 05:54 PM

सरकारले क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनीको विक्रीमा रहेको आईएल एण्ड एफएसरइनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको नेपाल विद्युत प्राधिकरणको हिस्सामा पर्ने २९,७३,१६३ कित्ता संस्थापक शेयर खरिद गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिने निर्णय गरेकाे छ ।