सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

Jan 16, 2025 03:15 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ७.३३ अंक घटेर २५८८.६२ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.३८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९३ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ५ अर्ब ८२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २९६ स्टकको ७० हजार ६३४ पटकको कारोबारमा ५ अर्ब ९३ कराड ३७ लाख ११ हजार रुपैयाँबराबरको १ करोड १७ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल (बालाजु) विन नेपाल लघुवित्त वित्तीय संस्था, मन्दाकिनी हाइड्रोपावर र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन एनआईसी एशिया सेलेक्ट फण्ड ३० को इकाईमूल्य ९ प्रतिशत बढेको छ। कारोबारमा आएको पोखरा फाइनान्सको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जानकी फाइनान्स र खानीखोला हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिन्धु विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २८ करोड ५७ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने सानिमा मिडल तमोर हाइड्रोपावरको करिब १४ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.०३ प्रतिशत बढेको छ। बाँकी ४ उपसमूहको परिसूचक भने यस दिन सामान्य बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ५.१९ प्रतिशत घटेको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।