सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम पनि बढ्यो

Jan 19, 2025 03:09 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार सामान्य अंक घटेर बन्द भएको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।

आइतबार नेप्से परिसूचक १२.५८ अंक बढेर २६०१.२१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५ अर्ब ९३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२५ स्टकको ७२ हजार ५४० पटकको कारोबारमा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार रुपैयाँबराबरको १ करोड २९ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन बोटलर्स नेपाल (बालाजु) को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १ हजार ६३९ रुपैयाँ बढेर १८ हजार २९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल रिपब्लिक मिडियाको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ। यस दिन सुपर मादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १६४ रुपैयाँ घटेर १ हजार ४७६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड ७६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सुपर मादी हाइड्रोपावर कम्पनीको करिब साढे २४ करोडको शेयर किनबेच भएको छ भने सानिमा मिडल तमोर हाइड्रोपावरको १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.५७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने अरु ८ उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको हो।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।