माघ २४ गतेदेखि एनएमबि हाईब्रिड फण्ड एल २ निष्काशन गर्दै एनएमबि क्यापिटल

Jan 21, 2025 09:05 AM Merolagani



एनएमबि क्यापिटलले माघ २४ गतेदेखि सामूहिक लगानी कोष एमएबि हाईब्रिड फण्ड एल २ को इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनएमबि हाईब्रिड फण्ड एल २ दश वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

फण्डले १५ प्रतिशत अर्थात् एक करोड ६८ लाख इकाई कोष प्रवर्धक कम्पनी एनएमबि बैंकलाई र १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

फण्डको इकाईमा माघ २८ गतेसम्म आवेदन दिन सकिन्छ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा फागुन ८ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।

म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई इक्राएनपि इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इक्रएनपि एएमसि क्वालिटि २ रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले योजना व्यवस्थापकको व्यवस्थापन गुणस्तरमा उच्च विश्वास रहेको संकेत गर्दछ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।