सुन र चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार?

Jan 24, 2025 10:39 AM Merolagani



माघ ११ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ५९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य यस दिन प्रतितोला ५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा किनबेच भईरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा किनबेच भएको थियो ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।