शिखर इन्स्योरेन्सको लाभांश घोषणा

Jan 31, 2025 12:19 PM Merolagani



शिखर इन्स्योरेन्स (SICL) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको माघ १५ गते बसेको बैठकले मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरधनीहरुलाई १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  

इन्सुरेन्सले हाल कायम २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस सेयर वितरण गर्न लागेको हो ।

२६ करोड ५४ लाख ९४ हजार ७३० रुपैयाँ बराबरको बोनस तथा कर तिर्न १ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँ वितरण गर्ने प्रस्ताव गरिएकाे छ ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

 




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।