किया सिरोस एसयूभी सार्वजनिक, कति रहेकाे छ मूल्य ?

Feb 03, 2025 03:06 PM Merolagani



भारतीय बजारमा किया साइरोस एसयूभी सार्वजनिक भएको छ। अटो निर्माता कम्पनी किया इन्डियाले नयाँ किया सिरोस लन्च गरेकाे हाे । कम्पनीले मिड र कम्प्याक्ट एसयूभी वर्गहरूकाबीचमा नयाँ एसयूभी खण्ड प्रस्तुत गरेको छ। 

किया सिरोस चार भेरियन्टहरूमा उपलब्ध छ । जसमध्ये एचटीके(HTK), एचटीके+(HTK+), एचटीएक्स(HTX) र एचटीएक्स+(HTX+) प्रस्तुत गरिएकाे हाे ।

किया सिरोसमा १.० लिटर टर्बो पेट्रोल इन्जिन र १.५-लिटर डिजेल इन्जिन उपलब्ध छ। टर्बो पेट्रोल इन्जिनले ११८ बीएचपी र १७२ एनएमको अधिकतम टर्क उत्पादन गर्छ। यसका साथै, डिजेल इन्जिनले ११५ बीएचपी पावर र २५० एनएमको अधिकतम टर्क उत्पादन गर्ने कम्पनीले जनाएकाे छ। यी दुबै इन्जिनहरूमा मानकको रूपमा ६-स्पीड म्यानुअल गियरबक्स दिइएकाे छ। टर्बो पेट्रोलमा ७-स्पीड डुअल-क्लच अटोमेटिक युनिट छ। यस्तै, डिजेल इन्जिनमा ६-स्पीड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसन रहेकाे छ।

कति माइलेज दिन्छ ?

म्यानुअल गियरबक्स भएको पेट्रोल इन्जिनको इन्धन दक्षता प्रतिलिटर १८.२० किलोमिटर रहेकाे कम्पनीले जनाएकाे छ। यो डीसीटीकासाथमा प्रतिलिटर १७.६८ किलामिटर हुने गर्छ। डिजेल इन्जिनले म्यानुअल गियरबक्सका साथ प्रतिलिटर २०.७५ किलोमिटर  र अटोमेटिक ट्रान्समिसनको साथ प्रतिलिटर १७.६५ किलोमिटर माइलेज दिने दावी गरिएकाे छ।

कस्तो छ भित्री भाग ?

कियाले साइरोस एसयूभीको क्याबिनमा एकदमै नयाँ लेआउट दिएको छ। यसमा ३० इन्चको ट्रिनिटी प्यानोरामिक डुअल-स्क्रिन सेटअप पाउन सकिन्छ। यसमा टचस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले र इन्स्ट्रुमेन्ट क्लस्टर दिइएकाे छ। याे अफ-सेन्टर लोगो भएको नयाँ दुई-स्पोक स्टेयरिङ ह्वीलको ठीक पछाडि दिइएको छ।

एसयूभीको सुविधाहरूको सूचीमा पावर ड्राइभर सिट, पुश बटन स्टार्ट/स्टप, मल्टी जाेन क्लाइमेट कन्ट्राेल, एसी नियन्त्रणहरूको लागि डेडिकेटेड स्क्रिन, हर्मन कार्डन साउन्ड सिस्टम, इलेक्ट्रोनिक पार्किङ ब्रेक, ६०:४० स्प्लिट सिट, एम्बियन्ट लाइटिङ र अन्य धेरै समावेश छन्।

यसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, अगाडि र पछाडि दुवै पङ्क्तिमा भेन्टिलेटेड सिटहरू, दोस्रो पङ्क्तिका सिटहरू स्लाइडिङ र रिक्लाइनिङ, वायरलेस चार्जर, ट्विन यूएसबी पोर्टहरू जस्ता सुविधाहरू पनि छन्। पाँच सिटको लेआउट भएको यो एसयूभीले आरामदायी सिट स्पेस प्रदान गर्ने लक्ष्य राखेको छ। यो एसयूभीमा डुअल प्यान प्यानोरामिक सनरुफ पनि पाउन सकिन्छ।

कियाले साइरोसमा धेरै सुरक्षाका सुविधाहरू पनि प्रदान गरेको छ। लेभल २ एडीएएस लेन किप असिस्ट सहित १६ एडभान्स्ड अडाप्टिभ सुविधाहरूको साथ यस सूचीको शीर्ष स्थानमा छ। यो एसयूभीमा ब्लाइन्ड स्पट मोनिटरिङ सहितको ३६०-डिग्री क्यामरा, ६ वटा एयरब्याग, हिल स्टार्ट असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्राेल, फ्रण्ट पार्किङ सेन्सर लगायतका ब्रान्डका सुविधाहरू पनि छन् ।

मूल्य कति छ ?

किया सिरोस आठ रङ विकल्पहरूमा उपलब्ध छ। यसमा ग्लेशियर ह्वाइट पर्ल, स्पार्कलिंग सिल्भर, प्युटर ओलिभ, इन्टेन्स रेड, फ्रस्ट ब्लू, अरोरा ब्ल्याक पर्ल, इम्पेरियल ब्लू र ग्रेभिटी ग्रे जस्ता रंगहरू समावेश छन्।

कम्पनीले यसको सुरुवाती मूल्य ९ लाख भारतीय रुपैयाँ (एक्स-शोरूम) भन्दा कम राखेको छ।

सिट्रोस एसयूभी हाल भारतस्थित कम्पनीको आधिकारिक डिलरशिपहरूमा उपलब्ध छ। किआ सिरोसको डेलिभरी चाँडै सुरु हुने अपेक्षा गरिएको छ।

एजेन्सी।




comments powered by Disqus

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबाट एकाएक प्रचण्ड 'उत्साहित' हुनुकाे कारण यस्ताे

Feb 07, 2025 05:58 PM

एकपछि अर्काे गर्दै विवादास्पद निर्णयहरु गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा निर्णयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई निकै ठूलो राहत दिएको छ ।