सुनको मूल्य दोस्रो दिन पनि स्थिर, चाँदीको घट्यो

Feb 03, 2025 10:38 AM Merolagani



माघ २१ गते, सोमबार, नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । यस दिन चाँदीको मूल्य भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । सुनको मूल्य निरन्तर दुई दिन स्थिर भएको हो । गत शुक्रबार कायम मूल्यलाई नै आधार मानेर आजको बजारमा पनि सुनको खरिदबिक्री हुने भएको हो।

यस दिन चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेको छ । सोमबार चाँदी प्रतीतोला एक हजार ८९५ रुपैयाँमा किनबेच भइरहेको छ । आईबारको बजारमा एक हजार ९१० रुपैयाँमा खरिदबिक्री भएको थियो ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।