चिलिमे हाइड्रोपावरको विद्युत बिक्री आम्दानी सामान्य बढ्यो, नाफा कति?

Feb 03, 2025 10:56 AM Merolagani



चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (CHCL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ६४ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.७२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ६१ करोड २० लाख रुपैयाँ थियो।

विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो नाफा २.०१ प्रतिशत बढेर ३८ करोड २८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल नाफा ५.५८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ६.९७ प्रतिशत बढेको छ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९ रुपैयाँ ४० पैसाबाट घटेर ८ रुपैयाँ ७२ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ २१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५७.५ गुणा रहेको छ।

८ अर्ब ७८ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २ अर्ब ३८ करोड ९५ लाख रुपैयाँ रहेको छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।