आम्दानीसँगै बढ्यो जीवन विकास लघुवित्तको नाफा

Feb 04, 2025 09:23 AM Merolagani



जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (JBLB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.५७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १७ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २८.०४ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २३.७३ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी १२.०४ प्रतिशत र सञ्चालन मुनाफा १५.५७ प्रतिशत बढेको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ७२ करोड ६४ लाख रुपैयाँ रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ४ रुपैयाँ ११ पैसा बढेर ३० रुपैयाँ ४९ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४४.६० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २५८ रुपैयाँ ८० पैसा रहेको छ। त्यस्तै, लघुवित्तको प्रतिशेयर वितरणयोग्य आम्दानी १०७ रुपैयाँ ८२ पैसा रहेको छ।

१ अर्ब ३४ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ अर्ब १३ करोड ८ लाख रुपैयाँ सञ्चित छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ११ अर्ब १८ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।




comments powered by Disqus

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट

Mar 07, 2025 10:35 AM

फागुन २३ गते, शुक्रबार, नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।