विद्युत बिक्री आम्दानीसँगै घट्यो कुथेली बुखरीको खुद नाफा

Feb 05, 2025 07:01 AM Merolagani



कुथेली बुखरी स्मल हाइड्रोपावर (KBSH) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.८४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड १६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा १४.२७ प्रतिशत घटेर ८८ लाख ४६ हजार रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको कुल नाफा समीक्षा अवधिमा ३.४९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १३.२० प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ४६.१७ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ४२ पैसा घटेर १४ रुपैयाँ ५२ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७१.५१ गुणा रहेको छ।

 



सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।