चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ४ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०४.५९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३९.८२ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी १४.९५ प्रतिशत र सञ्चालन मुनाफा १३७.५७ प्रतिशत बढेको छ। लघुवित्तको इम्पेरमेन्ट चार्ज २ करोड ५३ लाख रुपैयाँ रिभर्स भएका कारण लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १६ रुपैयाँ ५६ पैसा बढेर ३२ रुपैयाँ ४० पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २५१ रुपैयाँ ७४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४८.०५ गुणा रहेको छ।
२६ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४० करोड ४२ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले दोस्रो त्रैमासको अन्त्यसम्ममा ५ अर्ब १५ करोड ९ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ९० करोड १६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638743603864600579.png)