धिताेपत्र बाेर्डले गर्याे मर्चेन्ट बैंकरले आईपीओ निष्काशन गर्न पाउने व्यवस्था

Feb 06, 2025 08:42 AM Merolagani



नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)हरुलाई आईपीओ निष्काशन गर्ने व्यवस्था गरेको छ।

बोर्डले कम्तीमा १ अर्ब चुक्ता पूँजी भएका तथा नियमावली बमोजिम व्यवसाय सञ्चालन गरेको १० वर्ष पुरा गरिसकेका मर्चेन्ट बैंकरहरुलाई आईपीओ निष्काशन गर्ने व्यवस्था गरेको हो। यस्ता कम्पनीहरुले ३० प्रतिशतभन्दा कम नहुने गरी नियमानुसार धितोपत्र सार्वजनिक निष्काशन गर्न सक्ने व्यवस्था गरिएको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, बोर्डले मर्चेन्ट बैंकरहरुलाई निष्काशन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रेशन सेवा पुनः सञ्चालन गर्ने व्यवसायको अनुमतिपत्र पनि दिने भएको छ। २०७५ साल साउन ८ गतेदेखि स्थगित रहेको सो कार्य पुनः सुचारु गरिने बोर्डले बताएको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।