धिताेपत्र बाेर्डले गर्याे मर्चेन्ट बैंकरले आईपीओ निष्काशन गर्न पाउने व्यवस्था

Feb 06, 2025 08:42 AM Merolagani



नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)हरुलाई आईपीओ निष्काशन गर्ने व्यवस्था गरेको छ।

बोर्डले कम्तीमा १ अर्ब चुक्ता पूँजी भएका तथा नियमावली बमोजिम व्यवसाय सञ्चालन गरेको १० वर्ष पुरा गरिसकेका मर्चेन्ट बैंकरहरुलाई आईपीओ निष्काशन गर्ने व्यवस्था गरेको हो। यस्ता कम्पनीहरुले ३० प्रतिशतभन्दा कम नहुने गरी नियमानुसार धितोपत्र सार्वजनिक निष्काशन गर्न सक्ने व्यवस्था गरिएको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, बोर्डले मर्चेन्ट बैंकरहरुलाई निष्काशन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रेशन सेवा पुनः सञ्चालन गर्ने व्यवसायको अनुमतिपत्र पनि दिने भएको छ। २०७५ साल साउन ८ गतेदेखि स्थगित रहेको सो कार्य पुनः सुचारु गरिने बोर्डले बताएको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।