गार्डियन माइक्रो लाइफको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति?

Feb 07, 2025 05:49 AM Merolagani



माघ २४ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गार्डियन लाइफ इन्स्योरेन्स (GMLI) को आईपीओ सूचीकृत भएको छ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरु (वैदेशिक रोजगारीमा रहेका नेपाल, सामूहिक लगानी कोष र कर्मचारी समेत) लाई निष्काशन गरी बाँडफाँट गरेको २२ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता शेयर गरी कुल ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि कम्पनीलाई १०० रुपैयाँ ३४ पैसादेखि ३०१ रुपैयाँ २ पैसासम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आगामी आइतबार स्पेशल प्रि ओपन सेसनमा कम्पनीको शेयर कारोबार भएपश्चात नियमित दोस्रो बजारमा कारोबार हुनेछ। कम्पनीको नेप्से सिम्बोल जीएमएलआई रहेको छ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।