अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबाट एकाएक प्रचण्ड 'उत्साहित' हुनुकाे कारण यस्ताे

Feb 07, 2025 05:58 PM mero lagani



एकपछि अर्काे गर्दै विवादास्पद निर्णयहरु गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा निर्णयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई निकै ठूलो राहत दिएको छ । 

ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) माथि विभिन्न प्रतिबन्धहरू लागू गर्ने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । अमेरिका आईसिसीको सदस्य राष्ट्र होइन, तर सदस्य नभए पनि उसले अप्रत्यक्षरुपमा विभिन्न किसिमले आईसीसी र तिनीहरुका पदाधिकारलाई आर्थिक सहयोग गर्ने गरेको बताउने गरिन्छ । त्यही सहयोगको आधारमा आफ्ना विरोधी रहेका राष्ट्र तथा सरकार प्रमुखहरुलाई मुद्दा लगाउन र थुन्न दबाव दिने गरेको छ ।

ट्रम्पको पछिल्लो आदेशपछि अमेरिकाको नागरिक वा उसका साझेदारहरू विरुद्धका आईसीसी अनुसन्धानमा संलग्न व्यक्ति र तिनका परिवारलाई आर्थिक तथा भिसा प्रतिबन्ध लागु हुनेछन् ।

उक्त अन्तर्राष्ट्रिय फौजदारी न्यायालयको बारम्बार आलोचना गर्ने गरेका ट्रम्पले आफ्नो पहिलो कार्यकालमा समेत त्यसमाथि प्रतिवन्ध लगाएका थिए । तर, उनी पछि राष्ट्रपति भएका जोय वाइडेनले त्यो प्रतिवन्ध हटाएका थिए ।

ट्रम्पको आदेशसँगै अमेरिकाका कुनै पनि व्यक्ति र संस्थाले उक्त न्यायालयलाई सहयोग गर्न पाउने छैनन् ।

त्यसको असर अमेरिका पक्षधर अन्य सदस्य राष्ट्रहरुमा पर्ने सम्भावना रहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले दिएका छन् । त्यो अवस्थामा आईसीसी आर्थिकरुपमा समस्यामा पर्न सक्नेछ ।

गत नोभेम्बरमा आईसीसीले गाजामा भएको भनिएका ‘युद्ध अपराध’ का लागि इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उक्त आदेश विरुद्ध अमेरिका र इजरेलले आक्रोस पोख्दै आएका छन् ।

आईसीसीले अमेरिकी नागरिकहरूलाई अनावश्यक झमेला, दुव्यवहार र सम्भावित गिरफ्तारीको जोखिममा पार्ने गरेको भन्दै अमेरिकाले आफ्ना देश र इजरेलसहितका अमेरिकाका साझेदारहरुको राष्ट्रिय सुरक्षा र विदेश नीतिका कामलाई प्रभावित गरिरहेको दावी गरेको छ । नेपालसहितका १२० भन्दा धेरै देशहरू आईसीसीका सदस्य छन् ।

ट्रम्पको निर्णयबाट प्रचण्ड किन उत्साहित ?

नेदरल्याण्डको हेगमा मुख्यालय रहेको आईसीसीले युद्ध अपराध वा अन्य गम्भिर प्रकृतिका अपराधमा संलग्न खासगरि उच्च स्तरका राजनीतिक नेताहरुलाई ३० वर्षसम्म कैद गर्नुको साथै उनीहरुबाट पीडितलाई क्षतिपूर्ति पनि दिलाउँछ ।

नेपालमा माओवादीले गरेको १० वर्षे शसस्त्र युद्धको क्रममा भएका कतिपय मानवअधिकार उल्लंघनका घटनालाई जोडेर माओवादी अध्यक्ष प्रचण्डलाई पनि ‘हेगको कठघरामा उभ्याउनु पर्ने’ चर्चा बेला बेलामा गर्ने गरिन्छ । स्वंय प्रचण्डले पनि पटक पटक आफूलाई ‘हेग पुर्याउने षडयन्त्र भएको’ बताउने गर्छन् । त्यसले माओवादी नेतृत्व पङितमा एक किमिसले ‘हेगको आतँक’ कायम रहेको स्पष्ट हुन्छ ।

यस्तो अवस्थामा अमेरिकी राष्ट्रपति ट्रम्पले गरेको आईसीसीका पदाधिकारीमाथि लगाएको प्रतिवन्धले आईसीसी थप कमजोर हुने र आफूमाथि मुद्दा पर्ने वा मुद्दा परिहाले पनि फैसला गर्ने सम्भावना नभएकोले प्रचण्ड उत्साहित भएको माओवादी स्रोतको दावी छ ।

 




comments powered by Disqus

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबाट एकाएक प्रचण्ड 'उत्साहित' हुनुकाे कारण यस्ताे

Feb 07, 2025 05:58 PM

एकपछि अर्काे गर्दै विवादास्पद निर्णयहरु गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा निर्णयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई निकै ठूलो राहत दिएको छ ।