५ वर्षपछि भारतमा व्याजदर परिवर्तन

Feb 07, 2025 04:27 PM mero lagani



भारतको केन्द्रीय बैंक, रिजर्भ वैंक अफ इण्डिया (आरबीआई)ले पाँच वर्ष पछि पहिलो पटक व्याजदर घटाएको छ ।

सरकारले नयाँ बजेट घोषणा गरेको एक साता नवित्दै आरबीआईले आफ्नो रिपो दर ६.५ प्रतिशतबाट घटाएर ६.२५ प्रतिशतमा झारेको छ । रिपो दर भनेको केन्द्रीय बैंकले वाणिज्य बैंकहरूलाई ऋण दिने स्तर हो ।

चीन र जापानपछि एसियाको तेस्रो ठूलो अर्थतन्त्र रहेको भारतले आफ्नो आर्थिक वृद्धिदरमा आएको सुस्ततालाई रोकेर अर्थतन्त्रलाई बलियो बनाउन भन्दै ब्याजदर कटौती गरेको हो ।

भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को वृद्धिदर चार वर्षयताकै न्यून ६.७ प्रतिशतमा झरेको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।