पुससम्म जीवन बीमा कम्पनीको २५ अर्ब ७७ करोड रुपैयाँ लगानी शेयर बजारमा, पहिलो त्रैमासको तुलनामा ३.६४ प्रतिशतले बढी

Feb 08, 2025 06:00 PM MeroLagani



चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म जीवन बीमा कम्पनीहरुले शेयर बजारमा २५ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेका छन् । यो रकम चालु आवको प्रथम त्रैमासिकको भन्दा ३.६४ प्रतिशतले बढी हो । प्रथम त्रैमासिकसम्म १३ वटा जीवन बीमा कम्पनीहरुले २४ अर्ब ८६ करोड रुपैयाँ रकम शेयर बजारमा लगानी गरेका थिए ।

१४ वटा जीवन बीमा कम्पनीहरुमध्ये मेट लाइफको लगानी शेयर बजारमा छैन। दोस्रो त्रैमासिकसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी हिमालयन लाइफले शेयर बजारमा लगानी गरेकाे छ। चालु आवको पुस मसान्तसम्म हिमालयन लाइफले शेयर बजारमा ७ अर्ब ३३ करोड १४ लाख रुपैयाँ लगानी गरेकाे छ जुन १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी हो। चालु आवको असोजमसान्तसम्म हिमालयन लाइफले शेयर बजारमा ७ अर्ब ६ करोड रुपैयाँ लगानी गरेका थिए।

हिमालयनपछि दोस्रो धेरै रकम शेयर बजारमा लगानी गर्ने जीवन बीमा कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म शेयर बजारमा ३ अर्ब ८१ करोड ४२ लाख रुपैयाँ लगानी गरेकाे छ । यो चालु आवको पहिलो त्रैमासको भन्दा १४.२९ प्रतिशतले बढी हो। असोज मसान्तसम्म नेपाल लाइफले शेयर बजारमा ३ अर्ब ३३ करोड ७३ लाख रुपैयाँ लगानी गरेको थियो।

त्यसैगरी चालु आवको दोस्रो त्रैमाससम्म सूर्यज्योति लाइफले २ अर्ब ३१ करोड, एलआईसीले २ अर्ब २५ करोड, राष्ट्रिय बीमा संस्थानले २ अर्ब २१ करोड रुपैयाँ शेयर बजारमा लगानी गरेका छन्। आईएमई लाइफले १ अर्ब ४२ करोड, रिलायवल नेपाल लाइफले १ अर्ब ३४ करोड, सन नेपाल लाइफले १ अर्ब ८ करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब २ करोड रुपैयाँ शेयर बजारमा लगानी गरेका छन्। सिटिजन लाइफ, नेसनल लाइफ, एसियन लाइफ र सानिमा रिलायन्स लाइफको शेयर बजारमा लगानी १ अर्बभन्दा मुनि नै रहेको तथ्यांक छ। सिटिजन लाइफले ८६ करोड १३ लाख, नेसनल लाइफले ७७ करोड ९२ लाख, एसियन लाइफले ६९ करोड २४ लाख र सानिमा रिलायन्स लाइफले ६७ करोड २४ लाख रुपैयाँ शेयर बजारमा लगानी गरेका छन्। रकमका हिसाबले सबैभन्दा कम शेयर बजारमा लगानी सानिमा रिलायन्स इन्स्योरन्सको ६७ करोड ३ लाख रुपैयाँ रहेको छ।

तथ्यांक अनुसार एसियन लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा संस्थानले बाहेक बाँकी १० वटा जीवन बीमा कम्पनीले शेयर बजारमा लगानी बढाएको तथ्यांकले देखाएको छ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा १५ प्रतिशत बढी लगानी शेयर बजारमा गरेकाे छ। त्यसलाई नेपाल लाइफ, नेसनल लाइफ, रिलायवल नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले क्रमशः पछ्याएका छन्। नेपालले लाइफले पहिलो त्रैमासको तुलनामा १४.२५ प्रतिशत, नेसनल लाइफले १३.५० प्रतिशत, रिलायवल नेपाल लाइफले १२.१४ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले ११.६३ प्रतिशत लगानी शेयर बजारमा विस्तार गरेका छन्।

आईएमई लाइफ, प्रभु महालक्ष्मी, सिटिजन लाइफ, हिमालयन लाइफ र सन नेपाल लाइफले क्रमशः ९.७९ प्रतिशत, ५.४९ प्रतिशत, ५.३९ प्रतिशत, ३.८४ प्रतिशत र २.६३ प्रतिशतले शेयर बजारमा लगानी विस्तार गरेका छन्।

जीवन बीमा कम्पनीहरुले अधिकांश लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमै बढी गर्ने गरेका छन्। दोस्रो त्रैमासमा पहिलो त्रैमासिकको तुलनामा ३.८० प्रतिशतले जीवन बीमा कम्पनीहरुको लगानी विस्तार भएको छ। पहिलो त्रैमासमा ६ खर्ब ७७ अर्ब ५९ करोड २३ लाख रुपैयाँ लगानी रहेकोमा दोस्रो त्रैमाससम्म आइपुग्दा यो रकम ३.८० प्रतिशतले बढेर ७ खर्ब ३ करोड ३४ करोड ४५ लाख रुपैयाँ पुगेको छ। पहिलो त्रैमासको तुलनामा जीवन बीमा कम्पनीले करिब १० प्रतिशतले लगानी विस्तार गरेका छन् भने मेट लाइफ र प्रभु महालक्ष्मीको लगानी खुम्चिएको तथ्यांकले देखाएको छ। १२ वटा जीवन बीमा कम्पनीहरुको लगानी पहिलो त्रैमासको तुलनामा केही बढेको देखिएको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।