शिवम् सिमेन्ट्सको आम्दानी घट्यो, नाफा कति?

Feb 10, 2025 06:03 AM Merolagani



शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ अर्ब १० करोड १६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.८८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ३ अर्ब ५१ करोड रुपैयाँ थियो।

सञ्चालन आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घट्न पुगेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो नाफा ६१.७७ प्रतिशत घटेर ५ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीको यस्तो नाफा १४ करोड ८५ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा २०.६३ प्रतिशत घटेको छ भने अन्य आम्दानी २७.९७ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा १२.३८ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपौयँ ८३ पैसा घटेर २ रुपैयाँ ८ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ३१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५५.७६ गुणा रहेको छ।

५ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब १० करोड रुपैयाँ सञ्चित छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।