शिखर इन्स्योरेन्सको शेयरमूल्य समायोजन

Feb 12, 2025 06:27 AM Merolagani



माघ ३० गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL), को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ७६५ रुपैयाँ ४५ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता ८४२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।

इन्स्योरेन्सले फागुन १३ गते, मंगलबार, आफ्नो केन्द्रिय कार्यालय, शिखर विज सेन्टर, थापाथली, काठमाडौँमा २० औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालन समितिलाई अख्तियारी दिने, रजिष्टर्ड कार्यालय रहेको ठेगाना परिवर्तन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।