आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न सालपा विकास बैंकले बोलायो साधारण सभा

Feb 13, 2025 09:11 AM Merolagani



सालपा विकास बैंक लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

बैंकले फागुन २७ गते, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ स्थित शुभम फाउन्डेसनको सभाहलमा १३ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले आईपीओ निष्काशनका साथै सोको प्रयोजनार्थ प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।