प्रि ओपन सेसन अपडेटः १ अंक बढ्यो नेप्से

Feb 13, 2025 10:53 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार १.८६ अंक बढेर २६८५.७३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.०३ अंक बढेर २६८६.७७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३५ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ६३ स्टकको १३६ पटकको कारोबारमा ५९ लाख ७६ हजार ३१५ रुपैयाँ ७० पैसाबराबरको ७ हजार ८८२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २९ स्टकको मूल्य बढेको छ भने ३० स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।