आइपिओ ल्याउन नपाउँदा उर्जा व्यवसायीकाे असन्तुष्टि, धितोपत्र बोर्ड भन्छ- प्रकृया पुर्याएकाकाे आइपिओ रोकिएको छैन

Feb 18, 2025 03:10 PM Merolagani



विगत लामो समायदेखि विभिन्न कम्पनीको आइपिओकाे स्वीकृति दिन बिलम्ब गरिएको भन्दै उर्जा व्यवसायीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । विगत झण्डै डेढ वर्षदेखि हाईड्रोपावर कम्पनीको आइपिओ र हकप्रद निष्काशन गर्न नपाउँदा व्यवसायमा धक्का पुगेको व्यवसायीहरुको भनाई छ ।

हाल नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा आइपिओ निष्काशनको लागि ४२ वटा र हकप्रद निष्काशनको लागि ३० भन्दा बढी कम्पनीहरु छन् । ती कम्पनीहरु बाेर्डकाे स्वीकृतिको पखाईमा रहेका छन् । यसले ४५ हजार मेगावाट बराबरका जलविद्युत आयोजना प्रभावित भएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले बताए ।

हाईड्रोपारमा झण्डै ६५ लाख सर्वसाधारण लगानीकर्ताको १५ खर्ब रुपैयाँ लगानी भएको छ । हाईड्रोपावर कम्पनीको आइपिओ निष्काशन ढिला सुस्ती हुँदा अन्य आयोजना निर्माण हुन नसक्दा उर्जा व्यवसाय संकुचनमा परेको छ । आम सर्वसाधारणको लगानी भएको क्षेत्रलाई सरकारले गम्भिरतापूर्वक लिनुपर्ने कार्कीको भनाइ छ ।

अर्कोतर्फ, नेपाल धितोपत्र बोर्डले आवश्यक प्रकृया पुर्याएका कम्पनीको आइपिओ निष्काशन नरोकिएको बोर्डका प्रवक्ता निरन्जय घिमिरेले बताए । बोर्डको पाइपलाईनमा रहेका कम्पनीहरुको प्रकृया पुर्याएर आइपिओ र एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरिएको छ । तर कम्पनीको नेटवर्थ ९० भन्दा कम भएका कम्पनीलाई आइपिओ निष्काशनमा तत्कालको लागि रोक लगाएको घिमिरेको भनाइ छ ।

हाल लेखा समितिले ९० प्रतिशत रियल नेटवर्थ भएका आइपिओ जारी गर्नको लागि रोक्नको लागि निर्देशन दिएको छ ।

आइपिओ जारी गर्ने माग गर्दै बोर्ड समक्ष पुगेका कम्पनीहरु मध्ये ९० प्रतिशत नेटवर्थ भएका कम्पनी अत्यान्त कम छन् । ती कम्पनीहरुलाई स्वीकृति नगरेपनि अन्य कम्पनीहरुको शेयर निष्काशन रोक्न नहुने उनको धारणा रहेको छ । विगत डेढ वर्षदेखि स्वीकृतिको पखाईमा बसेका कम्पनीको आइपिओ के कारण रोकिएको छ भन्ने बारेमा बोर्डले कुनै जानकारी नदिएको कार्कीले बताए ।




comments powered by Disqus

चैत २४ गते रामनवमीमा सार्वजनिक विदा दिने मन्त्रीपरिषद्को बैठककाे निर्णय, यस्ता छन् अरु निर्णयहरु

Mar 19, 2025 12:48 PM

सरकारले चैत २४ गते रामनवमीमा सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।