यस साता सेन्सेटिभ इण्डेक्स ८.१० अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५४ अंक बढेको छ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ७ अर्ब ८५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ९ अर्ब ६५ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २२.९० प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या २०.४९ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या २२.४६ प्रतिशत बढेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण २.४४ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ४६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ८ अर्ब रुपैयाँ बढेर ४५ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक ७.२४ प्रतिशत बढेको छ। गत साता २०८८.२२ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १५१.२३ अंक बढेर २२३९.४५ विन्दुमा पुगेको छ।
अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १३,०१९ मा अन्तिम कारोबार भएको यस उपसमूहको परिसूचक, यस साता ७२२.८२ अंक बढेर १३७४२.२७ विन्दुमा पुगेको छ।
यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.८५ प्रतिशत घटेको छ। गत साता ५७९१.४५ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता १०७.१४ अंक घटेर ५६८४.३१ विन्दुमा झरेको छ।

यस साता नेप्सेमा ६ कम्पनीको ३ करोड ५३ लाख ४६ हजार ५९२.७४ कित्ता शेयर सूचीकृत भएको छ। यस साता सान्जेन जलविद्युत कम्पनीको थप शेयर र ग्लोबल आइएमई बैंक, छिमेक लघुवित्त, कृषि विकास बैंक, फस्ट माइक्रोफाइनान्स लघुवित्त र शिवम् सिमेन्ट्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ४६.३७ प्रतिशत बढेको छ। गत साता ४८४ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ७०९ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४६ प्रतिशत बढेको छ भने गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ३० प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको न्यादी हाइड्रोपावरको शेयरमूल्य यस साता सर्वाधिक १४.३६ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता विन नेपाल लघुवित्त वित्तीय संस्था, प्रभु सेलेक्ट फण्ड, गुराँस लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने न्यादी हाइड्रोपावर, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, माछापुच्छ्रे बैंक लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

