यस साता सेन्सेटिभ इण्डेक्स ११.८४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.८५ अंक बढेको छ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ९ अर्ब ६५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १० अर्ब ९८ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १३.८७ प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या १८.८७ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १८.४४ प्रतिशत बढेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण २.६४ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ५४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब १९ अर्ब रुपैयाँ बढेर ४६ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक १०.५१ प्रतिशत बढेको छ। गत साता २२३९.४५ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता २३५.४२ अंक बढेर २४७४.८७ विन्दुमा पुगेको छ।
अंकका आधारमा भने यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४८८.८१ अंक बढेको छ। गत साता ६९७५.९० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ७.०१ प्रतिशत बढेर ७४६४.७१ विन्दुमा पुगेको छ।
यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.९१ प्रतिशत घटेको छ। गत साता ४४२१.९८ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता १२८.५१ अंक घटेर ४२९३.४७ विन्दुमा झरेको छ।

यस साता नेप्सेमा २ कम्पनीको ५६ लाख २९ हजार ६७२.१० कित्ता शेयर सूचीकृत भएको छ। यस साता हिमालयन डिष्टिलरी र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता पनि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ४६.४० प्रतिशत बढेको छ। गत साता ७०९ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता १ हजार ३८ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य करिब २३ प्रतिशत बढेको छ भने बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य २१ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस साता सर्वाधिक ११.१४ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी, सिन्धु विकास बैंक लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने एनएलजी इन्स्योरेन्स, विशाल बजार कम्पनी, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

