सुन र चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

Mar 05, 2025 10:56 AM Merolagani



फागुन २१ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। यस दिन सुन मूल्य प्रतितोला ९०० रुपैयाँ बढेको छ भने चाँदी १० रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारकाे बजारमा छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा खरिद बिक्री भएको छ । मंगलबार चाँदी एक हजार ९४० रुपैयाँमा किनबेच भएको थियो ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।